३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैदेशिक रोजगारका नाममा ठगी गर्ने व्यक्ति सातदोबाटो र मनमैजुबाट पक्राउ



१७ वैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।

पक्राउमध्ये उदिम बहादुरले युएसए पठाईदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ५१ बजे