८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा कारको पछाडि स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर



१८ वैशाख । भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा जगातीबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार चालक गम्भीर घाइते भई तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा दिउँसो साढे चार बजे निधन भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङ रहेको कार्कीको भनाइ छ।​ स्कुटरमा पछाडि सवार २३ वर्षीय राज तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भइरहेको छ। कार चालक सुनसरी धरान उप-महानगरपालिका –१३ घर भई हाल कलंकी बस्ने वर्ष ३१ को आशिष श्रेष्ठ प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा छन्।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ४२ बजे