८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपतिनाथको जलहरी प्रकरणमा तीनै जनालाई सफाइ



१८ वैशाख । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीनै जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज थापासहित डा.प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ०६ बजे