८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रथम उपत्यकाव्यापी अन्तर पालिका मेयर कपमा मध्यपुरको जित, टोखा ४–० ले पराजित



१९ वैशाख ।
मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रबेश गरेको छ । गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सोमबार सम्पन्न एक मात्र खेलमा काठमाडौंको टोखा नगरपालिकालाई ४–० गोल अन्तरले हराउँदै भक्तपुरको मध्यपुर थिमिले अन्तिम आठमा स्थान बनाएको हो ।

मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने अर्को एक गोल कप्तान यमन राजबाहकको नाममा रह्यो । रोहनले खेलको ३८ औँ, ४१ औँ र ९० मिनेटपछिको इन्जुरी टाइममा गोल गरेका थिए ।
ह्याट्रिक गरेका रोहन खेलको म्यान अफ दि म्याच चुनिए ।

कप्तान यमनले भने टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले खेलको २९ औँ मिनेटमा गोल गरेका थिए । मध्यपुरले अब बैशाख २२ गते तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाबीचको खेलको विजतेतासँग क्बार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
तारकेश्वर र कीर्तिपुरबीचको खेल मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा मध्यपुरसँगै नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्बार्टरफाइनलमा पुगीसकेका छन् ।
मध्यपुरले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप १ गोल खाएको थियो । म्यान अफ दि म्याच भएका रोहनलाई ट्रफि र ५ हजार नगदको चेक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हस्तान्तरण गरे ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ०५ बजे