१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी मेयर कपमा कीर्तिपुरको सान्दार जित, तारकेश्वर ५–० ले पराजित



१९ वैशाख । कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रबेश गरेको छ । गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न एक मात्र खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो ।

कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा रह्यो । यमनले खेलको ९ औँ, २५ औँ र ४६ औँ मिनेटमा गोल गर्दा इन्द्रले ५६ औँ मिनेट र ७० औँ मिनेटमा गोल गरे । ह्याट्रिक गरेका कीर्तिपुरका यमन मर्हजन खेलको म्यान अफ दि म्याच भए । उनलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि मर्हजनले ट्रफि र ५ हजार नगदको चेक हस्तान्तरण गरे । जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।

मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर क्बार्टरफाइनलमा पुगेको हो । प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्बार्टरफाइनलमा पुगीसकेका छन् ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।