२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा इनार खन्दा बेहोस काका भतिजको मृत्यु



१९ वैशाख । भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन्। उनीहरू काका भतिज हुन्।

चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा इनार खन्दा ५५ फिट तल पुगेपछि बेहोस भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए। उनीहरू त्यहाँ टहरो बनाएर बस्दै आएका थिए।

प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोली र सशस्त्र प्रहरीको उद्धार टिमले उनीहरुलाई इनारबाट निकालेर भक्तपुर अस्पतालमा पठाएको थियो। अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको डीएसपी कार्कीले बताए।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।