४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


१६ डीआईजीको सरुवा, को कहाँ ?



२० वैशाख । गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी) को सरुवा गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलवार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) अनुसार डीआईजीहरूको सरुवा गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागका डीआईजी ई. किशोर प्रधानको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएको छ भने डीआईजी कमल गिरीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ५ : ०९ बजे