४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं फेरि सबैभन्दा प्रदूषित शहर



२० वैशाख । काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित शहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) एक सय ६२ पुगेको छ ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित शहरका रुपमा थाइल्याडको चियाङ माई शहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित शहरका रुपमा सूचीकृत रहेको छ ।

सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ७ : ४६ बजे