४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मध्यपुर ठिमीमा निर्माणाधीन घरबाट लडेर युवकको मृत्यु



२० वैशाख । भक्तपुरको मध्यपुर ठिमीमा निर्माणाधीन घरको दास्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर लडेर बाराको महागढी नगरपालिका ७ का १७ वर्षीय विकास कुमार गुप्ता घाइते भएका थिए।

उनको दिउँसो १ बजेतिर कोरियन मैत्री अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए।

गुप्ता मध्यपुर ठिमी नगरपालिका ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको घर निर्माणको काम गरिरहेका थिए। साढे ३ तले पक्की घरको दोस्रो तलाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडेका थिए। पर्खालको रेलिङमा ठोक्किएर गम्भिर घाईते भएका उनलाई तत्काल अस्पताल लगिएको थियो।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ११ : ४७ बजे