८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महालक्ष्मी र चन्द्रागिरी नगरपालिका गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश



 

ललितपुर
२१ वैशाख । महालक्ष्मी नगरपालिका र चन्द्रागिरी नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।
गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो ।
महालक्ष्मीको जितमा निशान रावल र सगुन केसीले १–१ गोल गरे ।
खेलमा म्यान अफ दि म्याच भएका निशानले खेल सुरु भएको दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए । सगुनले भने खेलको ५९ औँ मिनेटमा गोल गर्दै महालक्ष्मीको जित सुनिश्चित गरे ।
म्यान अफ दि म्याच खेलाडी निशानलाई ५ हजार नगदको चेक र ट्रफि दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले प्रदान गरिन् ।
शुक्रबारै सम्पन्न दोस्रो खेलमा चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो ।
चन्द्रागिरीका लागि आयुषमान श्रेष्ठले २ गोल गर्दा समिर कार्की र साहिल रानाले १–१ गोल गरे ।
खेलको सुरुवाती २ मिनेटमै समिरको गोलबाट चन्द्रागिरीले अग्रता लियो । पहिलो हाफमा अर्को एक गोल चन्द्रागिरीले थप्यो । खेलको ३८ औँ मिनेटमा साहिलले अग्रता दोब्बर पारे ।
खेलको म्यान अफ दि म्याच भएका आयुषमानले खेलको अन्त्यतीर थप २ गोल गरेपछि चन्द्रागिरीले ४ गोलको स्पष्ट जित निकाल्यो ।
उनले खेलको ८८ औँ मिनेटमा र ९० प्लस ३ मिनेटमा गोल गरेका थिए ।
म्यान अफ दि म्याच आयुषमानलाई ५ हजारको चेक र ट्रफि चन्द्रागिरीकै उपमेयर बसन्ती श्रेष्ठले दिईन् ।
अब आउने मंगलबार दिउँसो साढे ३ बजे महालक्ष्मी र चन्द्रागिरीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको बाँकी २ वटा क्बार्टरफाइनलका खेल शनिबार हुँदैछन् ।
शनिबार दिउँसो साढे १२ बजे मध्यपुर थिमि र कीर्तिपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर अन्तिम आठमा पुगेको थियो भने तारकेश्वर नगरपालिकालाई ५–० ले पाखा लगाएर कीर्तिपुरले अन्तिम ८ को टिकट काटेको हो ।
यसैगरी दिउँसो साढे ३ बजे गोदावरी नगरपालिकाको टिम बिले काठमाडौं महानगरपालिकासँग खेल्नेछ ।
गोदावरी बि ले ललितपुर महानगरपालिकालाई तथा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई हराउँदै क्बार्टरफाइनलमा पुगेका थिए ।
दुबै टिम पेनाल्टि सुट आउटमा विजयी भएका थिए ।
शनिबारको नतिजासँगै सेमिफाईनल पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ५५ बजे