५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरको सीप मेलामा प्रशिक्षण लिनेको संख्या १० हजार बढी



२२ वैशाख । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ।

‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन्। हरेक दिन विहान ८ बजेदेखि कक्षाहरु भइरहेको महानगरले जनाएको छ। तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको महानगरको भनाइ छ।
तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो। अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो। यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो।

लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम फरेको साथै वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी रहेको महानगरको भनाइ छ।
मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको, सी मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए।

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ। उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ। २० गतेपछि फाराम भर्नेहरुको हकमा अर्को व्यवस्था गरिने ढकालले जनाए।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ०७ बजे