५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा अरनिको सभा भबनको शिलान्याश



भक्तपुर
२३ वैशाख । २०५८ सालदेखि जग्गा अधिग्रहण गरेर पनि सुरु हुन नसकेको भक्तपुरको गर्वको योजना अरनिको सभा भबन निर्माण गर्ने भक्तपुरबासीको सपना पूरा हुन सुरु भएको छ ।
एक भव्य समारोहवीच सभा भबनको पहिलो चरणको भबन बनाउन शिलान्यास गरिएको छ ।
भक्तपुरमा एउटा ठूला कार्यक्रम गर्न पहिला भक्तपुर नगरपालिका वडा नं ५ (साविकको वडा नं ८) त्रिपुरासुन्दरीमा अरनिको सभा भबन थियो । झण्डै पाँंच सय जना अटने सो भबन जीर्ण भएपछिदेखि सभा भबन बनाउने चर्चा सुरु भएको थियो । तर सफल हुन सकेको थिएन ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बजेट अभाब र केही प्राविधिक कारणले २२।२३ वर्षदेखिको भक्तपुरबासीको सपना पूरा हुन नसकेको स्पष्टीकरण दिए । ‘सभा भबन बनाउनका लागि केन्द्र, प्रदेश सरकार अनि भौतिक मन्त्रालयसहित धेरै ठाउँंमा बजेटका लागि हारगुहार गरयौं, नगर प्रमुख प्रजापतिले सम्झे, ‘तर कहीबाट सहयोग प्राप्त भएन ।’ ठूलो बजेट आवश्यक भएकोले केन्द्र, प्रदेश सरकारको मुख ताक्नुपर्ने भएको उनको भनाई थियो ।

अहिले नगरपालिकाको आफनै बजेटबाट काम सुरु भएको हो । मेयर प्रजापतिका अनुसार यसका लागि चालू आर्थिक वर्ष २०८०।८१ मा भक्तपुर नगरपालिकाले आठ करोड रुपैयाँं विनियोजन भएको छ । ‘यति पैसा पहिलो चरणका लागि पनि अपुग छ, उनले भने, ‘पहिलो चरणको भबन निर्माणका लागि नै १० करोड ५० लाख लागत इष्टमेट गरिएको छ ।’

नगरपालिकाले ठूलो बजेटको गर्वको योजनाको रुपमा भक्तपुर अस्पताल भबन बनाइरहेको र हाल त्यो अन्तिम चरणमा पुगेपछि त्यस्तै ठूलो बजेटको गर्वको योजनाको रुपमा सभा भबन बनाउने कार्य सुरु गरेको उनले बताए । उनले यो कार्य बाँंकी तीन वर्षको आफनो कार्यकाल अवधिमा समाप्ते पार्ने योजना रहेकोसमेत सुनाए ।

सभा भबन निर्माण तीन चरणमा गरी सम्पन्न गर्ने योजना राखिएको छ । प्हिलो चरणमा एक हजार एक सय जनाको क्षमता भएको मुख्य हल (अडिटोरियम हल) को निर्माणका लागि शिलान्यास सुरु गरिएको हो । त्यहाँं मुख्य हलसहित एक सय २८ जनाको क्षमता रहेको बहुउद्देश्यीय हल, ९६ जनाको क्षमता भएको श्रव्यदृश्य हल, चार वटा रिहल्सल कक्ष, एक हजार ६२ दशमलब ९९ वर्गमिटरको प्रदर्शनी कक्ष, ४६ वटा गाडी र दुई सय ३१ वटा मोटरसाइकल पार्किग गर्नसक्ने क्षमताको बेसमेन्ट पार्किग, ६ सय जनाको क्षमता रहेको खुल्ला थियटर, तीन हजार दुई सय एक वर्ग मिटरको प्लिन्थ एरिया, फोहोरासहितको वगैंचा रहेको छ । पहिलो चरणका कार्य एक वर्षभित्र अर्थात् २०८१ वैशाख २१ गतेभित्र सम्पन्न गर्ने योजना राखिएको छ ।

सभा भबन भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित ख्वप कलेज (चाँंगुनारायण मन्दिर जाने चोक) को प्रांगनमा रहेको छ । भबनको शिलान्यास नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठलगायतले सभा भबनका विविध पक्षमा चर्चा गरे ।

पूरै योजना सभा भबन मात्रै नभई सम्पूर्ण साँस्कृतिक कार्यक्रमका लागि तयारीसहितका बृहत हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ३० बजे