५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा दुई स्कुटरको दुर्घटना, दुवै चालकको मृत्यु



काठमाडौं
२३ वैशाख । राजधानी काठमाडौंमा दुई सकुटर दुर्घटनाम परेर दुवै चालकको मृत्यु भएको छ ।
प्र्रहरी श्रोतका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटार स्थित सडकमा बा.प्र–०२–०२५ प २२०१ को स्कुटर र बा.३ ख.५२८० नम्बरको बस एकआपसमा ठक्कर भई शनिबार बेलुकी दुर्घटना भएको थियो । सो दुर्घटनामा स्कुटर चालक सोही नगरपालिका–६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स लाईफ केयर अस्पताल सलम्बुटार हुँदै नेपाल मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा.८७ प ७२९४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको छ । सो दुर्घटनामा चालक ओखलढुङगा मेलुङगा गाउँपालिका–४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओम प्रसाद दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ३२ बजे