१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सन्दीप लामिछानेको मुद्दाको अर्को पेसी जेठ १ गते



२३ वैशाख । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनमा अर्को पेसी जेठ १ गतेका लागि तय भएको छ। आइतबार सुनुवाईका लागि पेशी तय भए पनि ‘हेर्न नमिल्ने’ भएपछि सुनवाइ स्थगित गरिएको थियो।

सन्दीपले दिएको पुनरावेदनमा सुनुवाईका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो। पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरी पछि सरेको हो।

उक्त मुद्दालाई यसअघि उच्च अदालत पाटनले प्राथमिकतामा राखेर सुनुवाई गर्न अग्राधिकार प्रदान गरेको छ।
यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो। अब उक्त मुद्दामा जेठ १ गते अर्को सुनुवाईका लागि पेशी तय हुने छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।