६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न तीन जना पक्राउ



२४ वैशाख । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान, मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका-९ दुर्गा कोलोनी नजिक आइतबार बेलुकी चोरी भएको छ । कोलोनी नजिक डेरा गरी बस्ने इलाम शान्तिडाँडा घर बताउने ४० वर्षीया साबित्री दाहालको कोठामा चोरी भएको हो ।
कोठाको ढोका फोडेर नगद २ लाख ५१ हजार रुपैयाँ र मोबाइल १ थान आइतबार बेलुकी चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ०० बजे