६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु



भक्तपुर
२५ वैशाख । सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालुनटार नगरपालिका‐२ घर भई हाल सूनपा‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते बयलकोटलाई उपचारका लागि डा ईवामुरा अस्पताल भक्तपुर लगे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि ललितपुरस्थित सुमेरु अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको उले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका‐१६ बस्ने २३ वर्षीय सागर माझीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ५९ बजे