७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वर्षाका कारण एयरपोर्टमा पस्यो बाढी



२६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको टर्मिनलमा बुधबार भएको वर्षका कारण लेदो सहितको भल पस्दा यात्रु तथा कर्मचारीले सास्ती खेप्नु परेको छ।
बुधबार १ बजेतिर परेको वर्षका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार यो दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो। यहाँको १० फिट भित्रैको स्थानमा पहिले ओरालो, त्यसपछि सम्म र फेरी ओरालो स्थान छ। यही ठाउँमा जमेको पानी निस्किने ठाउँ नभएपछि यात्रु तथा कर्मचारीहरूलाई केही समय समस्या भएको उनले बताए।

भलका कारण करिब ५/७ मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान अवतरण तथा अन्य काममा भने असर नपरेको उनले जनाए। यस स्थानमा नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिने हुने पुगेको उनको भनाइ छ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : १० बजे