६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्



२६ वैशाख । कलंकीबाट एक सातादेखि हराइरहेकी २२ वर्षीया स्नेह लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने बुधबार साँझ पशुपति मन्दिर क्षेत्रको आरती गर्ने ठाउँमा भेटिएको हो ।

काठमाडौँको सगरमाथा इन्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एससएपी वसन्त रजौरेले जानकारी दिए ।

उनले कसरी एक साता बिताइन् खुल्न सकेको छैन । भर्खरै भेटिएकाले स्वास्थ्य जाँच गरेपछि सोधखोज हुन्छ अनि मात्रै विस्तृत विवरण खुल्न सक्ने एससएपी रजौरेले बताए ।
स्नेह १९ वैशाखदेखि सम्पर्क विहीन थिइन् भने उनको मोबाइल पनि १९ वैशाखबाटै स्विच अफ थियो । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : १७ बजे