७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथारोहण हुँदै



२७ वैशाख । अन्न र वृष्टिका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण आज (बिहीवार) साँझ पुल्चोकमा हुँदैछ । रथारोहणको लागि बुधबार मातातीर्थ औँशीको दिन मत्स्येन्द्रनाथका पुजारीहरू ललितपुरको देवीचौरस्थित कटुवाल दहमा मत्स्येन्द्रनाथ देवता ल्याउन रात बस्न गएका थिए ।

बिहीवार बिहान पूजा गरेर कटुवाल दहबाट देवता ल्याउने चलन छ । रथजात्रा गर्न त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिएको छ । रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पु¥याउने चलन छ ।

साथमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाई राजकीय सम्मानका साथ लगिन्छ । मूर्तिलाई पुल्चोक लग्नुअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको ऐतिहासिक खड्गलाई भक्तपुर राजदरबारबाट छत्रले ओढाइ (म्वाली–सहनाई) र नायखी बाजा बजाई मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर कोतः पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ३१ बजे