७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा बसबाट खसेर बालिकाको मृत्यु



 

२७ वैशाख । ललितपुरको चापागाँउमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका १० चापागाँउ टाहाखेलमा बा४ख ७०४ नम्बरको सार्वजनिक बस राक्ने क्रममा भुईँमा खसेर उनको मृत्यु भएको हो ।
मृत्यु हुने बालिका महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ बस्ने ४ वर्षीया आर्या सन्जेल रहेको प्रहरीले जानकारी दिएको छे ।
खसेर घाइते भएकी उनको उपचरका लागि बि एण्ड बि अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १० : १३ बजे