७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटियो शव



२८ वैशाख । काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । फेदी र जिरोकिलोको बीचमा पर्ने स्थानमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तारले रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको हो ।

शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ०१ बजे