७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


केन्यामा लगेर १० जनालाई बन्धक बनाउने ३ जना काठमाडौंबाट पक्राउ



२८ वैशाख । नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पा, १९ वर्षीय निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।
उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
अरुण तामाङ सहितका १० जनालाई उनीहरूले केन्याको नैरोबी हुँदै जिम्मरमान भन्ने ठाउँमा पठाएर बन्धक बनाएका हुन् । त्यहाँ बिचौलियाहरूले दुई वटा फ्ल्याटमा पीडितहरूलाई ६ महिनासम्म राखेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ४३ बजे