१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गायिका एलिना चौहानको जोडी हनिमुनमा रमाउदै (तस्विरहरु)



२९ वैशाख । नेपाली साँगेतिक क्षेत्रकी सफल गायिका एलिना चौहानको जोडीले आजकल हनिमुन मनाईरहेका छ । दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले केही समयअघि विधिवत रुपमा विवाह सम्पन्न गरे ।
गायिका एलिना चौहानले अष्ट्रलियामा व्यावसाय गरेर बसेका व्यावसायी विष्णु सापकोटासँग विवाह गरेही हुन् ।


केही दिनअघि मुस्ताङ,इलाम र रुपाकोटलगायत रमणिय स्थल घुमेको गायिका एलिनाको जोडीले तस्विर निरन्तर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ । यो जोडी साँगेतिक कार्यक्रमको क्रममा पछिल्लो समय दुबई पुगेर एलिना र विष्णु रमाइरहेका देख्न सकिन्छ ।
एलिना पति विष्णुसँग दुवई टावरमा पुगेर तस्विर खिचाइरहेकी छिन् । उनी समुद्री किनारमा वालुवा उडाइरहेको अनि विष्णुसँग ढुंगा सयर गरेको दृश्य देख्न सकिन्छ ।


विवाहपछि यो जोडीको खुट्टा ढोगेको हेलमेट नलगाई मोटरसाइकल चढेको लगायत तस्विरहरु भाइरल भएको थियो भने कतिपयले आलोचना समेत गरेको देख्न सकिन्छ ।


उनीहरु दुवाईको कार्यक्रम सकेर अष्ट्रेलिया जाँदैछन् । पति विष्णुसँग गायिका चौहान ६ महिना अष्ट्रिेलिया अनि ६ महिना नेपाल बस्ने बताएकी छिन् ।

 

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : १७ बजे