१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


मुम्बईमा आँधीपछि होर्डिङ बोर्ड ढल्यो, १४ जनाको मृत्यु



काठमाडौँ
१ जेठ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ ।

बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र बर्षाका कारण ओत लिएका मानिसहरुलाई लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ५४ बजे