१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाँचखालमा जलाएको अवस्थामा भेटिएका व्यक्ति ललितपुरका विष्णुप्रसाद सुवेदी भएको पुष्टि



२ जेठ । काभ्रे पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका थिए । शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्णु प्रसाद सुवेदी भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अनुसन्धान अधिकृतहरूले दाँतबाट उनको पहिचान खुलाएका हुन् । माथिल्लो भागमा ३ वटा र तल्लो भागमा उनले ९ वटा दाँत हालेका थिए । रुखमा तारले बाँधेर जलाएको अवस्थामा शव फेला परेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि उनको घर छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ३१ बजे