११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरको पार्क र ट्राफिक आइल्याण्डलाई सुन्दर बनाउन ११० जना परिचालन



काठमाडौँ
२ जेठ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ ।

उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो ।

महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ ।

हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ । नाइकेहरुले वडासँग समन्वय गरेर काम सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ३० बजे