१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा कारबाहीको माग गर्दै प्रदर्शन



२ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले सहकारीको बचत अपचलन र गिरीबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै बुधबार प्रदर्शन गरेको छ।
नेविसंघ त्रिचन्द्र क्याम्पसको आयोजनामा काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरिएको हो। सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको नेविसंघले जनाएको छ।

प्रदर्शनकाक्रममा नेविसंघका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली कांग्रेसले सदनमा अवरोध गरिरहेका बेला भ्रातृ संस्था नेविसंघसहित तरूण दल र नेपाल महिला संघले सडकमा सहकारी प्रकरणलाई लिएर प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : ५० बजे