१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकी राष्ट्रपति उम्मेदवार बाइडेन र ट्रम्प निर्वाचनको पुर्वसन्ध्यामा टेलिभिजनमा बहस गर्न सहमत



 

काठमाडौँ
३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् ।

पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे । यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ४ : २७ बजे