८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी मेयर कपको उपाधिका लागि चन्द्रागिरी र काठमाडौं महानगर आमने सामुन्ने



ललितपुर
३ जेठ । चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
चन्द्रागिरी , महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौं, मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
ललितपुरको च्यासल खेल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरी नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
चन्द्रागिरीले खेलको ५५ औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल उपहार पाएको थियो ।
सो खेलको म्यान अफ दि म्याच चन्द्रागिरीका सिल्भा कन्दाग्वा भए । उनलाई गोदावरी नगरपालिकाको तर्फबाट ५ हजार नगद र ट्रफि महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले हस्तान्तरण गरिन् ।
सो खेलमा उदयमान खेलाडीको ट्रफि महालक्ष्मीका निशान बस्नेतले पाए । उनलाई महालक्ष्मीकी उपमेयर मर्हजन र गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको वेलकम पार्टि प्यालेसका संचालक सुबास पुडासैनीले संयुक्त रुपमा ट्रफि प्रदान गरे ।
यसैगरी अर्को सेमिफाइनल खेलमा मध्यपुर थिमि नगरपालिकालाई १–० ले नै हराएर काठमाडौं महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
महानगरका लागि मनिष सेढाईले गरेको एक मात्र गोल निर्णायक भयो । उनले खेलको ५३ औँ मिनेटमा गोल गरेका हुन् ।
खेलमा म्यान अफ दि म्याच काठमाडौंका अनिल खड्का भए । उनलाई मध्यपुर थिमिका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफि र ५ हजार नगदको चेक हस्तान्तरण गरे ।
खेलमा मध्यपुरका अमर श्रेष्ठ उदयमान खेलाडी घोषित भए । उनलाई प्रतियोगिता संयोजक निरोज बज्राचार्यले सो ट्रफि प्रदान गरे ।
वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासलमा खेलाईएको थियो ।
फाइनल खेल भने झ्यालुन्टार मैदानमै खेलाइने छ । सो खेल शनिबार दिउँसो हुनेछ ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।
यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सर्वाधिक गोलकर्ताको सूचीमा कीर्तिपुरका यमन अगाडी ,
ललितपुर–गोदावरीमा जारी प्रथम उपत्यकाब्यापी अन्तरपालिका मेयर कप फुटबलमा अहिलेसम्म सबैभन्दा बढि गोल गर्ने खेलाडीको सूचीमा कीर्तिपुरका यमन मर्हजन शिर्ष स्थानमा छन् ।
सेमिफाइनलसम्मको खेल सकिँदा ६ गोल गरेका यमन नै अग्र पंक्तिमा छन् ।
तारकेश्वर नगरपालिका विरुद्ध ह्याट्रिक गरेका उनले क्बार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाबिरुद्ध पनि ह्याट्रिक नै गरे ।
टोली सेमिफाइनलसम्म पनि पुग्न नसकेपनि उनी जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छन् ।
कीर्तिपुरका यमनपछि ४–४ गोल गर्ने ३ जना खेलाडी रहेका छन् ।
मध्यपुर थिमीका रोहन खड्गी, चन्द्रागिरीका अविरल रिजाल र समिर कार्कीले ४–४ गोल गरिसकेका छन् ।
मध्यपुर सेमिफाइनलमै रोकिएकाले रोहनको सर्वाधिक गोलकर्ताको संभावना सकिएको छ ।
यद्यपी चन्द्रागिरी फाइनलमा पुगेकाले उनीहरुको सर्वाधिक गोलकर्ता हुनसक्ने संभावना रहेको छ ।

 

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ४ : २४ बजे