१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरद्वारा गोदावरी उपत्यकाव्यापी मेयर कपको उपाधि कव्जा



 

ललितपुर
५ जेठ । काठमाडौं महानगरपालिकाले प्रथम उपत्यकाब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधीे जितेको छ ।
शनिबार सम्पन्न खेलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरले उपाधी जितेको हो ।
काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरे ।
उपाधीसँगै काठमाडौंले ५ लाख नगद र कप पनि जितेको छ ।
यसैगरी उपविजेता बनेको चन्द्रागिरीले ३ लाख नगद पुरस्कार पाएको छ ।
फाइनल खेलमा म्यान अफ दि म्याच काठमाडौंका अखिलेष भए भने
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भएका छन् । उनले ३० हजार नगद पुरस्कार पाए । अनुशासित टिम बनेको महालक्ष्मी नगरपालिकाले ५० हजार नगद पायो ।
प्रतियोगिताभर सबैभन्दा बढि गोल कीर्तिपुरका यमन मर्हजनले गरको छन् । क्बाटरफाइनलमै हारेको टिमका लागी ६ गोल गरे । तारकेश्वर नगरपालिका विरुद्ध ह्याट्रिक गरेका उनले क्बार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाबिरुद्ध पनि ह्याट्रिक नै गरे ।
प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरी बि टिमका पासाङ तामाङले जिते भने उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी भए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका साहिल राना हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पाएका थिए ।
चन्द्रागिरी , महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौं, मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासल मैदानमा खेलाईएको थियो ।
गत बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।
गोदावरीको ए र बि गरी २ टिम समावेश भएका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  २ : २८ बजे