१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ म¥यो



चितवन
७ जेठ । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ ।
सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।
शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।
चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन्  २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  २ : ०८ बजे