४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इरानी राष्ट्रपति सवार हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो



काठमाडौँ
७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

हेलीकप्टरमा सवार इरानका राष्ट्रपति र विदेशमन्त्रीसहित सबैको मृत्यु भएको तास्निम न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।

उद्धार टिमले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएर खसेको अवस्थामा भेटिएको बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ५ : १३ बजे