१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थलीमा मृत भेटिएका व्यक्तिकी छोरी प्रहरीको नियन्त्रणमा



७ जेठ । काठमाडौं थलीमा भेटिएका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ०२ बजे