२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अमेरिकी दूतावासले सन्दीपलाई दिएन भिसा



९ जेठ । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।

जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा शुरु हुन लागेको टी-२० विश्वकपमा सहभागी हुनका लागि सन्दीपले अमेरिकी दूतावसमा भिसा एप्लाइ गरेका थिए । तर अमेरिकी दूतावसले भने भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि सन् २०१९ मा पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले २०१९ जसरी नै आफूलाई अहिले पनि अमेरिकी दूतावसले भिसा नदिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १२ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।