१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



१० जेठ । ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । बुधबार राति करिब ९ बजेर ४० मिनेटमा ग्वार्को चोक स्थित सडक खण्डमा कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि बिएण्डबी अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि ठक्कर दिने टिपरको खोजीका लागि यस सडकमा गड्ने सबै टिपर रोकेर प्रहरीले जाँच गरेको थियो । दुर्घटना गराउने बा.३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला पारिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ५ : ४६ बजे