३ असार २०८१, आइतबार | Sun Jun 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाघको आक्रमणबाट बहिनीको मृत्यु, दिदी सकुशल



गुलरिया (बर्दिया)
१० जेठ । बर्दियामा बाघको आक्रमणबाट आज ३५ वर्षीया बहिनी मनिसा रोकायको मृत्यु भएको छ भने दिदी ४० वर्षीया कैलाशपति थारु सकुशल छिन् ।
बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी रोकायको
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसारबनमा प्रवेश गरेपछि उनलाई बाघले आक्रमण गरेको थियो ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ५ : ५८ बजे