१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हवाईजहाजले ठक्कर दिएर घाइते स्टेशन प्रमुखको ललितपुर ग्वार्खोमा उपचार हुँदै



११ जेठ । मुगुको रारा विमानस्थलमा बिहीबार जहाजको पंखाले छुँदा घाइते सीता एयरका मुगु स्टेशन प्रमुख धीरेन्द्र भामको ललितपुरको ग्वार्खोस्थित वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ ।

अचेत अवस्थामा रहेका उनलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार बिहीबार विहान ११:३० बजेतिर रारा विमानस्थलबाट नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको दाया पट्टिको पङ्खाले भामलाई छोएको थियो ।

भामले चालकलाई जहाज उडान गर्न संकेत गरिरहेका थिए । जहाजको इन्जिन स्टाट भइरहेका बेला चालकले बोलाएपछि भाम जहाजको चालक कक्षतर्फ गइ चालकसँग कुराकानी गरि फर्कँदै गर्दा घुम्न सुरु गरेको पंखाको छेउले छुँदा उनी घाइते भएका थिए ।

घाइते भामको पाखुरा,हत्केला, औलामा पंखाको छेउले काटेको र नेपालगन्ज नर्सिङ होमले रिफर गरेपछी काठमाडौं ल्याइ उपचार भइरहेको र अहिले उनी खतरा मुक्त अवस्थामा रहेको चिकित्सकहरुले बताएका छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ३ : ३९ बजे