६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


७० ग्राम सुनसहित विमानस्थलबाट चन्द्रागिरीकी मैया बुढाथोकी महिला पक्राउ



१३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।
भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ । उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।