१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरबाट शंकास्पद ६९ लाख नगदसहित ४ चिनियाँ पक्राउ



२३ जेठ । भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बुधबार भक्तपुर सूर्यविनायक नगरपालिका-१०, भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी जाँच गर्ने क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार नगदसहित ४ चिनियाँ पक्राउ परेका हुन्। उनीहरूई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। ती चारै जना चिनियाँ काठमाडौँमा बस्दै आएको पाइएको छ।

३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ सियालिन, २४ वर्षीय क्युओ होरान र ३६ वर्षीय देना लियु छन्।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।