२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान



काठमाडौं
३० जेठ । विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा.उपाध्यायलाई सम्मान अर्पण गरिएको हो ।

सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा.विके बजाज, डा.जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जितलगायत व्यक्तित्वहरूको उपस्थिति थियो । डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान अर्पण गरिएको थियो ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।
दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : ३३ बजे