८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग जित्न नेपाललाई २ रन पुगेन



 

काठमाडौँ
१ असार । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । नेपालले २० ओभरमा दुई रन जोड्न सफल भएको खण्डमा विजयी हुँदै अन्तिम आठमा समेटिदै इतिहास रच्न सफल हुने थियो ।

नेपालले १ सय १६ रनको लक्ष्य पुरा गर्न निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

अनिल साहले २४ बलमा २७ रन, ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारका थिऐ । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्च गरे ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  २ : ५९ बजे