१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आज काठमाडौं उपत्यकामा सर्वाधिक गर्मी



१ असार । काठमाडौं उपत्यकाको तापक्रम शनिबार यस वर्षअन्तर्गत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियसमा उक्लिएको हो।

आज दिउँसो काठमाडौं उपत्यकामा वर्षा हुने अनुमान गरिएको थियो, तर वर्षा हुन नसक्दा तापक्रम बढेको हाे ।

यसअघि यो वर्षअन्तर्गत काठमाडौं उपत्यकाको हालसम्मको सबैभन्दा बढी तापक्रम ३४.४ डिग्री सेल्सियस थियो।

जुन तापक्रम गत जेठ २८, १७ र जेठ ११ गते गरी तीनपटक देखिएको थियो। आज (असार १ गते) त्यो रेकर्ड पनि ब्रेक भएको हो।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने २२.५ डिग्री सेल्सियस छ।

काठमाडौं उपत्यकामा यस वर्षअन्तर्गत अहिलेसम्मकै बढी न्यूनतम तापक्रम भने शुक्रबार २३ डिग्री सेल्सियस पुगेको थियो।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।