२३ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से परिसूचक १७ अंकले घट्यो



२ असार । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अंकले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य विकास बैङ्क समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ४० लाख ५३ हजार चार सय ९२ बराबरको चार लाख ७९ हजार नौ सय ८७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।