४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना



३ असार । असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिए ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत भएकाले सोबाट बच्नुपर्ने मौसमविद् पुडासैनीले बताए ।

 

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।