२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकार र पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति(पत्रसहित)



३ असार । सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्यांकर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमति भएसँगै संघले आन्दोलन फिर्ता लिएको छ ।

समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको हो । यस सहमतिसँगै तेल आपूर्ति पनि शुरु भएको छ ।

संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको थियो । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थिए । पेट्रोलियम पदार्थको अभावपछि काठमाडौं उपत्यकामा रहेका नेपाली सेना र नेपाल प्रहरीका पेट्रोल पम्पमा सवारी साधनका लाइन लागेको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  १० : ०१ बजे