८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाँगुनारायणमा खहरे मासेर सडक निर्माण, स्थानीय आन्दोलित



३ असार । चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका छन्।

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माणको काम थालेपछि स्थानियहरु आन्दोलित भएका हुन्।

उनीहरूले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला कुलो, खोल्सा मासेर हिम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन्। यस विषयमा जनप्रतिनिधिहरूलाई ध्यानकर्षण गराउँदा समेत जवरजस्ती रातको समयमा काम गर्ने गरेको आरोप लगाएका छन्।

खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण भएको विरोधमा स्थानीय मात्रै नभई जनप्रतिनिधिहरू समेत आन्दोलित भएका छन्। चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधा कृष्ण गेलालले आफूहरूको विरोधका बाबजुद पनि वडा अध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाए।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ११ : ५३ बजे