१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विदेशबाट फर्किएर व्यावसायिक भैँसी पालनपछि मनग्य आम्दानी



देउखुरी (दाङ)
६ असार । घोराही उपमहानगरपालिका ६ बचाहामा दुई दशक दुबईमा बसेर फर्किएका बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भैँसी पाल्दै आएका छन् । उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपक्षी नामको फार्म दर्ता गरेका छन् ।
व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका छन् । उनले ३६ भैँसीबाट व्यवसाय सुरु गरेका हने । उनले दूध दिँदासम्म भैँसी आफै राख्ने गरेका छन् । व्यवसायी वलीले भने, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दूध आफैले बजार पु¥याउने गरेको छु २८ लिटर दूध ७५ रुपैयाका दरले तुलसीपुर –१८ दुधरासको डेरीबाट किनेर एक सय रुपैयामा बिक्री गर्ने गरेको छु । ”
महिनाको ३० हजार भँैसीको दानापानी र अन्य खर्च कटाउँदा तीनलाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए । आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दूध घोराही बजारका ग्राहाकलाई घरघरमा पु¥याउने गरेको उनले बताए ।
‘आफ्नो काम गर्न लाज मान्नुहुदैन । पसिनाको कमाइ मिठो हुन्छ ।’ उनले भने ।
उनले सबै भैँसीको बीमा गर्नुभएको छ । भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल रु चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताए । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दूध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गतवर्ष दूध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए । रु बीस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताए । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नुपर्दैन”उनले भने । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस र भरिभराउ रहेको छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेका छन् । आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए । ‘कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन’ उनले भने ।
कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनी बताउछन् । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए । व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन् । उनीसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरको उनले बताए ।

 

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ३ : ३६ बजे