८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भारतद्वारा आइसिसी टि–२० विश्वकप २०२४मा इङ्ल्याण्ड पराजित, दक्षिणअफ्रिकासँग फाइनल खेल्ने



काठमाडौँ
१४ असार । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ । फाइनल खेल भने भोलि राति हुनेछ । यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।

इङ्ल्याण्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षरले पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।

भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इङ्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ३ : ०९ बजे