१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा



१६ असार । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सो सम्बन्धमा अनुसन्धान हुँदा उनले भारतको कोलकतास्थित द इन्स्टिच्युट अफ इन्जिनियर्स (इन्डिया), कोलकाताबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्रा.) पदमा नियुक्ति लिएको अख्तियारको आरोप छ।
उनले हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारले ठहर गरेको छ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।