१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य वृद्धि



काठमाडौँ
२१ असार । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।
चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ५ : ३५ बजे